परराष्ट्र मन्त्रीको कदमले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि: कांग्रेस « Eglish Khabarhub

परराष्ट्र मन्त्रीको कदमले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि: कांग्रेस


१५ पुस २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले परराष्ट्रमन्त्री एनपी साउद नेपाली ध्वजावाहक विमान लिएर आफैं युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको जनाएको छ ।

पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आज –आइतबार) पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तिमा परराष्ट्रमन्त्री साउदको इजरायली भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको पनि उल्लेख छ ।

‘हमास इजरायल युद्धमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउने तथा विपतमा परेका सयौं नेपाली विद्यार्थीहरूको उद्धारका लागि नेपालका परराष्ट्र मन्त्री नेपाली ध्वजावाहक विमान लिएर आफैं युद्धग्रस्त मुलुकको भूमिमा पुगेर सफताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसूस गराएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको छ।’

कांग्रेसले पार्टीका तर्फबाट साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको पनि जनाएको छ। संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण सम्पन्न हुनु र नेपाली कामदार भएका मुलुकमा नेपाली राजदूतावास खोल्ने कार्य आफैंमा प्रशंसनीय कार्य भएको कांग्रेसको ठहर छ ।

कांग्रेसले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाई गर्न र रूस–युक्रेन युद्धमा रूसी सेनामा भर्ना भइ युद्धकै क्रममा निधन भएका नेपाली नागरिकको शव खोजी गरी स्वदेश ल्याउने विषयमा थप कुटनैतिक पहल गर्नु पर्ने आवश्यकता पनि औंल्याएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार ००:००  ३ : २१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping