३८ देशमा साढे ३ अर्बको चिया पठाउँछ नेपाल, सीटीसीलाई ट्रेडमार्क दिने तयारी « Eglish Khabarhub

३८ देशमा साढे ३ अर्बको चिया पठाउँछ नेपाल, सीटीसीलाई ट्रेडमार्क दिने तयारी


१६ पुस २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सरकारले नेपालमा उत्पादन भएको सीटीसी चियालाई ट्रेडमार्क लोगो प्रदान गर्ने तयारी गरेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सीटीसी चियाको हकमा ट्रेडमार्क लोगो प्रदान गर्ने तयारी गरेको हो । बोर्डले सीटीसी चियाको ट्रेडमार्क डिजाइन गर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ ।

सरकारले २०७२ सालदेखि मापदण्डको आधारमा अर्थोडक्सको हकमा ट्रेडमार्क प्रदान गर्दै आए पनि सीटीसी चियाको हकमा भने हालसम्म यस्तो ट्रेडमार्कको व्यवस्था गरेको थिएन ।

सीटीसी चियाको घरेलु र बाह्य बजार सुनिश्चित गर्न ट्रेडमार्कको अवधारणा कार्यान्वयनमा ल्याउन लागिएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिए। यसका लागि पहिलो चरणमा ट्रेडमार्कको लोगो तयार गर्न सार्वजनिक सूचना जारि गरिएको छ ।

‘नेपाल टी प्रिमियम सीटीसी’ भन्ने नारासहित ट्रेडमार्क लोगो तयार गर्नुपर्ने बोर्डले सर्त राखेको छ । यो लोगो डिजाइन गर्ने एक डिजाइनले ३ वटासम्म डिजाइन तयार गर्न सक्ने व्यवस्था गरिएको छ ।

डिजाइनरले तयार पारेको लोगोमध्ये उत्कृष्ट लोगोलाई ५० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने बोर्डले जनाएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र लोगो तयार पारी बोर्डको कार्यालयमा बुझाउन सूचना जारि गरिएको छ ।

निर्देशक खनालका अनुसार नेपालको ३० जिल्लामा २० हजार २ सय ३७ हेक्टर क्षेत्रफलमा चियाको खेति हुँदै आएको छ । सबै प्रकारको गरी वार्षिक २ करोड ६३ लाख ७९ हजार ४ सय ९३ किलो चिया उत्पादन हुन्छ ।

यसमध्ये १ करोड ८९ हजार २ हजार ८ सय किलो सीटीसी चिया उत्पादन हुन्छ भने अर्थोडक्स ६५ लाख ८७ हजार ८ सय ७१ किलो र ग्रिन टी ७ लाख ३२ हजार ८ सय ११ किलो उत्पादन हुन्छ ।

‘कूल चियाको उत्पादनमध्ये पनि झण्डै ५५ प्रतिशतभन्दा बढी सीटीसी चिया मात्रै उत्पादन हुँदै आएको छ,’ खनालले भने,‘यति ठूलो परिमाणमा सीटीसी उत्पादन भएपनि हामी त्यसलाई ओझेलमा पारेका थियौं । अर्थोडक्स चियाजस्तै सीटीसी चियालाई पनि ब्राण्डिङ गर्न ट्रेडमार्क लोगो प्रदान गर्न लागेका छौं ।’

उनका अनुसार ट्रेडमार्क लोगो तयार भएसँगै बोर्डले सीटीसी चियाको हकमा उद्योगी र किसानले पालना गर्नुपर्ने एउटा मापदण्ड ल्याउन लागेको छ । मापदण्डको बिषयमा उद्योगी र सरोकार राख्ने किसानसँग छलफल भएर एउटा मस्यौदा तयार भए पनि अन्तिम रुप दिन बाँकी रहेको खनालले बताए ।

ट्रेडमार्क लोगो तयार भएर मन्त्रिपरिषदको बैठकबाट स्वीकृत भएको केहि दिनमै मापदण्ड पनि ल्याउने तयारी भइरहेको बोर्डले जनाएको छ । मन्त्रिपरिषदबाट स्वीकृत भएको लोगो प्रदान गर्नका लागि बोर्डले ट्रेडमार्क लोगो प्राप्त गर्नका लागि उद्योगहरुलाई आह्वान गर्नेछ ।

अर्थोडक्स चियाको हकमा असल कृषि अभ्यास (गुड एग्रिकल्चर प्राक्टिस) अवधारणा कार्यान्वयनमा ल्याइएको छ । असल कृषि अभ्यासअनुसार उत्पादन भएका अर्थोडक्स चियालाई मात्रै ट्रेडमार्क लोगो प्रदान गरिएको छ । हालसम्म ३३ वटा अर्थोडक्स चिया प्रशोधन उद्योगले ट्रेडमार्क लोगो प्राप्त गरेका छन् । अर्थोडक्स चियाको हकमा सरकारले प्रतिकिलो ५० पैसा राजस्व असुल गर्दैआएको छ ।

‘सीटीसी चियाको हकमा पनि हामी असल कृषि अभ्यास अवधारणा कार्यान्वयनमा ल्याउन उद्योगी र किसानसँग छलफल भइरहेको छ,’ खनालले भने,‘त्यो हुन सक्यो भने हाम्रो सीटीसीको गुणस्तर अझै राम्रो हुन्छ ।’

सीटीसी चियाको ट्रेडमार्क लोगो प्रयोग गर्ने प्रशोधन उद्योगको हकमा शुल्क लगाउने विषय हाल छलफलमै रहेको छ ।

नेपालमा चिया उत्पादन भए पनि वार्षिक ८ करोड ३६ लाख ६७ हजार रुपैयाँबराबरको २८ वटा मुलुकबाट २ लाख ३ हजार ८ सय १२ किलो चिया आयात हुन्छ । यस्तै ३८ मुलुकमा नेपालबाट ३ अर्ब ४३ करोड ७१ लाख रुपैयाँबराबरको १ करोड २४ लाख ९६ हजार ८७ किलो चिया निर्यात हुन्छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार ००:००  ७ : ३९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping