उद्योगमा तत्काल बिजुली जोडेर समस्या समाधानको पहल गर्नुपर्छ: चन्द्र ढकाल « Eglish Khabarhub

उद्योगमा तत्काल बिजुली जोडेर समस्या समाधानको पहल गर्नुपर्छ: चन्द्र ढकाल


१८ पुस २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंक लाइनको विषयमा उद्योगी र विद्युत प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

समस्या समाधानका लागि अर्धन्यायिक निकायहरु विद्युत नियमन आयोग, उर्जा मन्त्रालय र विद्युत प्राधिकरणबाट गर्नसक्ने समाधान तत्काल गर्न र सम्बन्धित निकायबाट समाधान हुन नसक्ने भए न्यायिक समिति वा आयोग बनाएर तुरुन्तै समाधान गर्न उनले माग गरे ।

कोभिडबाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र लगानी सम्मेलनसमेत गर्न लागेको अवस्थामा डेडिकेटेड र ट्रंकलाइन विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा बढेको अध्यक्ष ढकालले बताए ।

प्राधिकरणले काटेको उद्योगहरुको विद्युत लाइन प्राधिकरणले तत्काल जोडेर समस्या समाधानको पहल गर्नुपर्ने उनको भनाइ छ ।

चार महिना पहिला प्राधिकरणले उद्योगको लाइन काट्न सूचना निकाल्दा लाइन नकाट्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपछि रोकिएको उनले बताए । उनले सरकारले उद्योगी व्यवसायीहरु र प्राधिकरणबीच विवाद बढ्न नदिएर हस्तक्षप गर्न आवश्यक रहेको बताए । उनले एउटा ट्रान्समिसन लाइन र लोडसेडिङ भइसकेपछि प्राधिकरणबाट विद्युत महशुल तिर्न बिलहरु आएको विवाद न्यायिक आयोगमार्फत तत्काल समाधान गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष चन्द्र ढकालको भनाइ

डेडिकेटेड र ट्रंक लाइनको विषय लोडसेडिङको समयदेखिको उद्योगी र विद्युत प्राधिकरणको विवाद हुँदै आएको छ । चार महिना पहिला प्राधिकरणले उद्योगको लाइन काट्न सूचना निकालेको थियो । त्यो लाइन नकाट्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवसायीहरुले भेटेरै आग्रह गरेको थियो । प्रधानमन्त्रीले लाइन नकाट्न निर्देशन दिएपछि रोकिएको थियो । पछिल्लो केही दिनदेखि उद्योगी व्यवसायीहरु र प्राधिकरणबीच विवाद बढेको छ । यो विवादका के देखिन्छ भने एउटा ट्रान्समिसन लाइनबाट आएको विवाद छ । अर्को लोडसेडिङ हटिसकेपछि प्राधिकरणबाट बिलहरु आएको छ । व्यवसायीहरुले प्राधिकरणलाई विद्युत महशुल तिर्नुपर्ने प्रमाण भए तिर्न तयार छौं भनेको अवस्था छ । यस्तो अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले शुरुमा नै विद्युतको लाइन काटेपछि आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । कतिपय अर्धन्यायिक निकायहरु विद्युत नियमन आयोग,उर्जा मन्त्रालय र विद्युत प्राधिकरणबाट गर्नसक्ने समाधान सम्बन्धित निकायबाट हुनुपर्छ । यी निकायहरुबाट समाधान गर्न नसक्ने विवाद हो भने न्यायीक समिति वा आयोग राखेर तुरुन्तै समाधान गर्नुपर्छ । प्रमाण भए व्यवसायीहरुले विद्युत महशुल तिर्न तयार रहेको कुरा भनिरहेका छन् । यस्तो कोभिडबाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र सरकारले लगानी सम्मेलन समेत गर्न लागेको अवस्थामा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जान्छ । नेपाल सरकारका कतिपय भुतप्रभावि कानूनहरुले पनि लगानीमा प्रभाव पार्ने देखिन्छ । नेपालमा केही समय पहिला बैंक तथा वित्तीय संस्थाहरु मर्जर हुँदा भुतप्रभावि कानूनहरुले गर्दा कर लाग्दैन भनेको कुरा पनि पछि अदालतले कर लाग्छ भनेर कर तिर्नुप¥यो । यसले मुलुकको समग्र आर्थिक गतिविधि बढाउन, व्यापार बढाएर राजश्व वृद्धि गराउन, रोजगारी सिर्जना गर्नका भए पनि सरकारले डेडिकेटेड र ट्रंक लाइनको विषयको उद्योगी र विद्युत प्राधिकरणको विवाद तत्काल समधान गर्नुपर्छ । प्राधिकरणले एकलौटी निर्णय गरेर उद्योगहरुको लाइन काटिएको छ । प्राधिकरण तत्काल लाइन जोड्नुपर्छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार ००:००  ११ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping