![](https://internal.appharu.com/wp-content/uploads/2024/01/nayaprasad-768x384.jpg)
काठमाडौं । न्याय परिषद्को आज (बुधबार) बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहेका छन् । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।
यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/image-7.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/image-8.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/image-9.png)
SHARE YOUR THOUGHTS