![](https://internal.appharu.com/wp-content/uploads/2023/12/kulman-bidhur-768x403.png)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ ।
प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमबार बिहान काटेको हो ।
उद्योगको नाममा मङ्सिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ ।
यसमध्ये हिमाल स्टीलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडेको छ ।
SHARE YOUR THOUGHTS