![](https://internal.appharu.com/wp-content/uploads/2024/01/makar-768x294.jpg)
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व डोल्मा इम्प्याक्ट फण्ड–१ को रहेको छ ।
गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार डोल्मा इम्प्याक्टको २६ लाख ५ हजार ९०० कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, कम्पनीमा मालती गुरुङको ३७ हजार ८३० कित्ता सेयर स्वामित्व रहेको छ । डोल्मा इम्प्याक्ट फण्ड र गुरुङ संस्थापक सेयरधनी हुन् ।
कम्पनीको सञ्चालक तथा अध्यक्षमा हिमाल गुरुङ रहेका छन् । अध्यक्ष गुरुङको मकर जितुमाया सुरी हाइड्रोपावरमा उनको २० लाख ३१ हजार ३१ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै मकर जितुमायामा कम्पनीमा सञ्चालकहरु चन्द्र बहादुर कार्कीको २ लाख ४२ हजार ६४० कित्ता, सरस्वती राईको २ लाख २ हजार, बसुन कार्कीको २ लाख ३०० कित्ता र सन्तोषी श्रेष्ठको ३०० कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीको स्वतन्त्र सञ्चालकमा मित्र बहादुुर श्रेष्ठ रहेका छन् ।
SHARE YOUR THOUGHTS