![](https://internal.appharu.com/wp-content/uploads/2024/01/kulman-ghising-and-bidhut-pradhikaran.png)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटेको उद्योगको लाइन शुक्रबार मध्यरातिदेखि जोडिदिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाका अनुसार शुक्रबार राति १ देखि २ बजेसम्म उद्योगहरूको लाइन जोडिएको हो । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय गरेको थियो । सोहि निर्णयको आधारमा प्राधिकरणले शुक्रबार राति उद्योगहरुको काटिएको लाइन जोडेको हो ।
नेपाल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष शाहिल अग्रवालका अनुसार शुक्रबार राति पौने ११ बजे जगदम्बा स्टिल्सको लाइन जोडिएको थियो । अग्रवाल उक्त उद्योगका सञ्चालक समेत हुन् ।
विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा पुष ६ गतेदेखि धेरै बक्यौता रहेका उद्योगको लाइन काट्न थालेको थियो । प्राधिकरणले २४ उद्योगको लाइन काटेको थियो । लाइन काटिएका उद्योगले २८० मेगावाट बिजुली प्रयोग गर्दै आएका थिए ।
SHARE YOUR THOUGHTS