अयोध्या । अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठा आज हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील मध्याह्न साढे १२ बजेबाट सुरु हुने प्राणप्रतिष्ठा कार्यक्रममा सहभागिता जनाउने छन् ।
प्राणप्रतिष्ठामा नेपाली नागरिक पूजामा सहभागी हुँदैछन् । झापाका दुर्गाप्रसाद गौतम प्राणप्रतिष्ठाको पूजामा सहभागी हुने भएका हुन् । उनी सन् २०२० देखि राम जन्मभूमी तीर्थ क्षेत्रका मुख्य आचार्यका रुपमा कार्यरत छन् । यसअघि उनी राममन्दिर निर्माणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन तथा शिलान्यास गर्दाका मुख्य पुजारी थिए ।
हिन्दू धर्मावलम्बीका भगवान जन्मस्थान मानिने अयोध्यामा लामोसमयको बिबादपछि मन्दिर बनेको हो । भारतीय सर्वोच्च अदालतले उक्त भूमिमा राम मन्दिर बनाउन अनुमति दिएको थियो ।
प्राणप्रतिष्ठाका लागि भारतसहित विश्वका हिन्दूधर्मावलम्बीहरुलाई सहभागीताका लागि निमन्त्रणा गरिएको छ ।
नेपालबाट पनि अयोध्या मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठाका लागि केही सन्त र हिन्दूधर्मसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुलाई बोलाइएको छ । निमन्त्रणा आएका मध्ये केही अयोध्या आइपुगेका छन् ।
अयोध्याको प्राणप्रतिष्ठा समारोहमा नेपालबाट आएका केही व्यक्तित्वहरू
जानकी मन्दिरका महन्थ राम तपेश्वर दास
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास
विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य
झापाको सतासीधामका आचार्य नन्दकिशोर भारद्वाज
देवघाटका तीन मुख्य महन्त
बराहक्षेत्रस्थित चतराधामबाट सिद्धबाबा भनिने कृष्ण गिरी
पशुपति क्षेत्र विकास कोषका मूल भट्ट
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली
पूर्वआईजीपी अच्युत कृष्ण खरेल
विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउद
केही संचारकर्मीहरू
SHARE YOUR THOUGHTS