निलगिरी खोला हाईड्रोपावरले आईपीओ ल्याउने, फागुनमा बोलायो साधारण सभा « Eglish Khabarhub

निलगिरी खोला हाईड्रोपावरले आईपीओ ल्याउने, फागुनमा बोलायो साधारण सभा



काठमाडौं । निलगिरी खोला हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्न लागेको कम्पनीले फागुन ४ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि आईपीओ निष्कासन प्रकृया सुरु हुनेछ ।

माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले फागुन ४ गते सभा गर्ने निर्णय गरेको जनाएको छ । सभामा आईपीओ निष्कासन गर्ने, कम्पनीले निष्कासन गर्ने आईपीओमा सर्वसाधारणलाई छुट्टाइने सेयर प्रतिशत संशोधन गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको संशोधन गरि जारी पूँजीबाट सर्वसाधारणलाई छुट्टाइएको १२ प्रतिशत सेयर बाहेकको १२ लाख कित्ता सेयर सय रुपैयाँका दरले कम्पनीका कर्मचारी तथा योजना निर्माणमा सहयोग गर्नेहरुलाई आवश्यक प्रक्रिया पुरा गरी बिक्रीका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । यस्तै सभामा कम्पनीको जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव रहेको छ ।

Publish on: