मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेनामा जागिर खाने हो, १५० पदमा आवेदन खुल्यो


काठमाडौं । नेपाली सेनामा जागिर खान चाहनेको लागि खुसीको खबर छ । सेनाले १ सय ५० पदमा अधिकृत क्याडेट(सेकेण्ड लेफेन्ड) पदमा आवेदन मागेको हो ।

सेनाले जारी गरेको सूचना अनुसार महिलामा १३,आदिवासी २२,मधेशी १९,दलित १०,पिछडिएको क्षेत्र ३,खुल्ला तर्फ ८३ पदमा आवेदन मागेको हो ।

अधिकृत काण्डेट पदमा जागिर खानको लागि न्यूनतम शैक्षिक योग्यता प्लस २ पास भएको हुनुपर्छ ।

उमेरको सिमा प्लस २ पास गर्नेलाई २१ र स्नातक गर्नेलाई २४ तोकिएको छ । आवेदन सेनाको मुख्यालय भद्रकाली तथा सेनाका ५ वटा ठाउँमा रहेको पृतनाबाट दिन सकिने छ ।