
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ७.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको उक्त प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

SHARE YOUR THOUGHTS