
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको कार्यालयले माघ १४ गतेकी निर्णय अनुसार विभिन्न निकायहरूका सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।
ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रा.लि, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै खड्गदेवी कन्स्ट्रक्सन, भिमादको आयुष एन्ड अनुष कन्स्ट्रक्सन, गोरखाको अनुपमा निर्माण सेवा, गोरखाकै अन्नपूर्ण निर्माण सेवा र लक्ष्मी कन्स्ट्रक्सन र कास्कीको त्रिवेणी निर्माण सेवा सडक डिभिजन कार्यालय दमौलीले पठाएअनुसार कार्यालयले ति कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो ।
अन्य जिल्लाका विभिन्न निकायहरूले पठाएअनुसार विभिन्न निर्माण कम्पनीहरूलाई साढे १ वर्षदेखि ३ वर्षदेखि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

SHARE YOUR THOUGHTS