
काठमाडौं । रंगुन खोला हाईड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधाण सेयर ( आईपीओ) निष्कासन गर्ने भएको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो । त्यसका लागि फागुन ९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
सभाले आईपीओ निष्कास गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायत प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने प्रस्ताव कार्यान्वयन हुनेछ ।
SHARE YOUR THOUGHTS