वान प्लसले भित्र्यायो तीनवटा नयाँ मोडलमा ‘नर्ड एन थर्टी’ « Eglish Khabarhub

वान प्लसले भित्र्यायो तीनवटा नयाँ मोडलमा ‘नर्ड एन थर्टी’


१७ माघ २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटोस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेका छन् ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्त रुपमा नर्ड एन थर्टी एसई, टुवेल्भ र टुवेल्भ आर सार्वजनिक गरेका हुन् ।

नेपालमा पहिलो पटक भित्रिएको टुवेल्भ आर सिरिजले सूचना प्रविधिको क्षेत्रमा गर्ने, गेमर्स र फोटोग्राफरलाई लक्षित गरेर बनाइएको छ । यो मोडलमा टुके भिडियो क्वालिटीमा भिडियो खिच्न सकिनेछ । यस्तै वाएरलेस चार्जरको सुविधा रहेको यो फोनमा १६ जीबी र्‌याम र ५१२ जीबी रोमको सुविधा राखिएको छ । ५४०० एमएचक्षमताको ब्याट्रि भएको यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ कायम गरिएको नेपाल वितरकले जनाएको छ ।

यस्तै, टुवेल्भ सिरिजकै अर्को फोन टुवेल्भ आरलाई पनि उत्कृष्ट फोन दाबी गरिएको छ । टुवेल्भभन्दा मूल्यमा सस्तो भएपनि यसले १.५ के रिजोलुसनमा फोटो भिडियो खिच्न सक्छ । यसको बजार मूल्य ९० हजार ९९९ तोकिएको छ । ५५०० एमएएचको ब्याट्रि क्षमता रहेको यो फोनको आठौं जेनेरेसन २ स्न्यापड्रागन प्रोसेसर जडान गरिएको छ ।

बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो । २६ हजार नौ सय ९९ बजार मूल्य रहेको यो फोनमाअत्याधुनिक प्रविधि जडान गरिएको छ । स्टेरियो स्पिकर, डुअल माइक्रोफोन र पाँच हजार एमएएच ब्याट्रि जडान गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ००:००  १० : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping