काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६२ औं शाखा मकवानपुरको मनहरीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उत्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले गरेका हुन् ।
उद्घाटन समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगवाहरूको बाक्लो उपस्थिति रहेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
शाखा समुद्घाटनको अवसरमा बैंकले दुई स्थानिय विद्यालयहरुलाई १–१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरेको छ ।
बैंकले देशको विभिन्न क्षेत्रका ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले निकट भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडी सारेको जनाएको छ ।
SHARE YOUR THOUGHTS