
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता तथा प्रहरी उपरिक्षक नवराज अधिकारीले चौधरी अहिले ब्युरोको नियन्त्रणमा रहेको बताए । चौधरीलाई सीआईबीले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको अधिकारीकाे भनाइ छ ।
SHARE YOUR THOUGHTS