
काठमाडौं । सन् २०२४ को पहिलो महिनामा ७९ हजार पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जनावरी महिनामा नेपाल भित्रिएका भन्दा बाहिरिनेको संख्या बढी छ ।
नेपालमा यो अवधिमा ७९ हजार १ सय पर्यटक भित्रदा नेपालबाट ८१ हजार ८९७ पर्यटक बाहिरिएको पनि विभागको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार जनावरीमा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । भारतबाट जनावरी महिनामा २४ हजार १३९ पर्यटक आएको तथ्यांकले देखाएको छ । नेपाल आउने पर्यटकको सूचीको दोस्रो नम्बरमा चीन पर्छ । चीनबाट ७ हजार २६७ पर्यटक आएका छन् ।
SHARE YOUR THOUGHTS