दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न हुँदैन: अग्रवाल « Eglish Khabarhub

दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न हुँदैन: अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न नहुने बताएका छन् ।

बिहीबार उद्योगी अरुण चौधरी पक्राउ परेपछि निजी क्षेत्रको धारणा सर्वजनिक गर्न आयोजित कार्यक्रममा अग्रवालले उद्योगी व्यवसायीलाई प्रहरीले बोलाएर सोध्ने हो भने सबै जवाफ दिन तयार हुँदा पनि त्यो अवसर नदिने गरिएको बताए । उनले आशंकाकै भरमा थुन्ने काम गर्दा निजी क्षेत्र हतोत्साहित हुने बताए ।

भाग्ने सम्भावना नभएका व्यवसायीलाई पक्राउ गर्नु गलत भएको उनको भनाइ छ ।

Publish on: