प्रभु महालक्ष्मी लाइफको नारायणघाटमा मिड टर्म विजनेस समिट सम्पन्न « Eglish Khabarhub

प्रभु महालक्ष्मी लाइफको नारायणघाटमा मिड टर्म विजनेस समिट सम्पन्न



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

माघ १९ गतेदेखि २१ गतेसम्म आयोजना भएको उक्त ३ दिने विजनेस समिट कार्यक्रममा कम्पनीको शाखा र उपशाखाका प्रमुख, क्षेत्रीय र उप क्षेत्रीय प्रमुख, विभागीय प्रमुख, उच्च व्यवस्थापक सहभागी भएका थिए ।

समिटको उद्घाटन गर्दै कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धि, व्यक्तित्व तथा व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘दुईवटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्ने छ,’ उनले भने,’एकताले नै समृद्धि हासिल हुन्छ । हाम्रो एकताले समृद्धिको सन्देश दिने छ । हाम्रो लक्ष्य प्राप्ती तथा सफलता हासिल टिम वर्कले नै सम्भव छ, त्यसैले हामी टिम वर्कमा काम गरौं ।’

नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बीमा योजना (बालबालिका) बारेमा कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठले विस्तृत रुपमा जानकारी दिएका थिए ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले अन्डरराइटिङ्गका बारेमा तालिम दिएका थिए ।

प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोनबहादुर मगरले जीवन बीमा व्यवसाय र व्यवसाय बृद्धिका सुत्रका बारेमा प्रष्ट गरेका थिए ।

Publish on: