
काठमाडौं। कामना सेवा विकास बैंकले सिआरएसअन्तर्गत तनहुँको शाखा कार्यालय डुम्रेमार्फत सालबिस्नेस्थित सत्यवतीदेवी आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोगस्वरुप उपलब्ध गराएको छ।
बैंकको डुम्रे शाखा प्रमुख बलराम लम्सालले विद्यालयका प्रधानाध्यापक ईश्वरबहादुर देवकोटालाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन्।
आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिइने बैंकले जनाएको छ। कार्यक्रममा विद्यालयका विद्यार्र्थी, शिक्षक तथा स्थानीय र बैंकका कर्मचारी उपस्थित थिए।
 
		                		                
 About Us
 About Us
प्रतिक्रिया