६० किलो सुन तस्करी प्रकरण: अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी « Eglish Khabarhub

६० किलो सुन तस्करी प्रकरण: अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सीआईबी) को पत्राचारपश्चात अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले उनीविरुद्द डिफ्युजन नोटिस जारी गरेको हो ।

हङकङबाट काठमाडौं ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा रोका संलग्न देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध इन्टरपोलले ५ फेब्रुअरीमा डिफ्युजन जारी गरेको हो । अमला तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् ।

Publish on: