कृषि विकास बैंकले बनायो सेयरधनीको हात खाली

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा भने सेयरधनीलाई १३ प्रतिशत लाभांश दिएको थियो ।