![](https://internal.appharu.com/wp-content/uploads/2024/02/20240211_212012.jpg)
काठमाडौं । कुमारी बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० आसार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।
सभामा भएको संचालक चुनावमा स्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भए ।
SHARE YOUR THOUGHTS