![](https://i0.wp.com/clickmandu.com/wp-content/uploads/2024/02/byd-super-car.jpg?fit=800%2C414&ssl=1)
एजेन्सी । चिनियाँ गाडी निर्माता कम्पनी बिवाईडीले आफ्नो नयाँ गाडी याङवाङ यु ९ फेब्रुअरी २५ मा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
बिवाईडीको विद्युतीय सुपरकार याङवाङ यु ९ गाडी तीन चक्कामा मात्रै पनि मोडिनदेखि चल्न सक्ने जस्ता सुविधाहरु रहेको कम्पनीले जनाएको छ । हाल चिनियाँ बजारमा सार्वजनिक हुन लागेको यो गाडीको मूल्य भने डेढ लाख अमेरिकी डलर रहने बताइएको छ ।
याङवाङ बिवाईडीअन्तर्गतकै सबब्राण्ड हो, जसलाई गत वर्षको सुरुवातमा स्थापना गरिएको थियो । यो नामबाट बिवाईडीले लक्जरी विद्युतीय गाडीहरु निर्माण गर्ने गरेको छ ।
जसअनुसार यु ९ यसको दोस्रो गाडी हो । यसअघि याङवाङ कै ब्राण्ड नाममा यु ८ सार्वजनिक भएको छ, जुन एउटा लक्जरी एसयुभी हो । डिसेम्बर २०२३ बाट चिनियाँ बजारमा बिक्री सुरु भएको यु ८ को मूल्य भने अमेरिकी डलरमा १ लाख ५० हजारको आसपास रहेको छ ।
![](https://i0.wp.com/clickmandu.com/wp-content/uploads/2024/02/byd-super-car1.jpeg?fit=1126%2C845&ssl=1)
बिवाईडीको सबब्राण्ड याङवाङको दोस्रो गाडी यु९ भने सुपरस्पोर्ट गाडी रहेको छ, जसमा चार वटा विद्युतीय मोटरहरु रहेका छन् । हरेक मोटरको क्षमता २४० किलोवाट रहेको छ र चारवटै मोटरले एक साथ ९४० किलोवाट क्षमतामा काम गर्न सक्छन् । गाडीमा १ हजार २८७ हर्सपावरको क्षमता रहेको छ ।
यो गाडीको टप स्पीड भने ३ सय किमि प्रति घण्टाको रहेको कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS