ललिता निवास जग्गा प्रकरण: तत्कालीन मन्त्री जोशी र सचिव अधिकारीलाई सफाइ « Eglish Khabarhub

ललिता निवास जग्गा प्रकरण: तत्कालीन मन्त्री जोशी र सचिव अधिकारीलाई सफाइ



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालीन मन्त्री चन्द्रदेव जोशी र सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।

लगातार २३ दिनसम्मको सुनुवाइपछि विशेष अदालतले बिहीबार ललिता निवास प्रकरणमा फैसला गर्दै तत्कालीन सचिव अधिकारीले मन्त्रीपरिषदको निर्णयअनुसार परिवर्तित सन्दर्भमा पुनः प्रस्ताव पेस गरेको तथा जोशीले भूमिसुधार मन्त्रीको हैसियतमा सोही प्रस्ताव पेश गर्न स्वीकृतिसम्म दिने देखिन आएको उल्लेख गरिएको छ ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीहरुमा बदनियत तत्वको अभाव देखिएको फैसला गरेको छ ।

Publish on: