![](https://internal.appharu.com/wp-content/uploads/2024/02/rekha-768x576.jpg)
काठमाडौं । नायिका रेखा थापाले अमेरिकामा छोरी जन्माएकी छिन् । रेखाले शुक्रबार सामाजिक सञ्जालमा नवजात छोरी र श्रीमानसहितको फोटो पोस्ट गर्दै छोरी जन्मिएको सार्वजनिक गरेकी हुन ।
उनले लेखेकी छिन्, ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’ सँगै उनले छोरीको नाम राखेकी छिन्, ‘वैभवी राज्यलक्ष्मी शाही ठकुरी ।
SHARE YOUR THOUGHTS