अनामनगर स्थित मन्डला थियटरमा मन्चन भइरहेको नाटक लाटीको छोरोले दर्शकहरूबाट निकै प्रशंसा बटुलेको छ । मधेसको डुम समुदायमाथि उपल्लो जात र सम्पन्न वर्गले गरेको थिचोमिचोको कथामा नाटक बनेको हो ।
‘सुन्दर बजार’ नामको एउटा सानो बस्तीभित्रका असुन्दर प्रवृत्तिको चिरफार कथाले गरेको छ । मन्डलाका अनुभवी कलाकारले कथाभित्रै डुबेर मन छुने अभिनय गरेका छन् ।
श्याम शाहको कथामाथि बनेको नाटकलाई निर्देशक सुलक्षण भारतीले निर्देशन गरेका हुन्। नाटकमा कलाकारहरू टीका पहारी, केनिपा सिंह, पशुपति राई ,राजन काफ्ले, रोशन सुवेदी, सन्देश लामिछाने, प्रकाश दाहाल,सुदीप खतिवडा, आयन खड्का, मिलन कार्की, अर्बिन खड्का लगायतले अभिनय गरेका छन् ।
तस्विरः यज्ञलाल ज्ञवाली र उद्धव बोगटी
SHARE YOUR THOUGHTS