ल्यारक्यालको बचाउ गर्दै रामहरीलाई मन्त्री किराँतीको जवाफः बहादुरले गोली लुकाउँछ, कायरले घडी ! (भिडियो) « Eglish Khabarhub

ल्यारक्यालको बचाउ गर्दै रामहरीलाई मन्त्री किराँतीको जवाफः बहादुरले गोली लुकाउँछ, कायरले घडी ! (भिडियो)



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले तीनवटा ट्वीअटर जहाज खरिदमा १८ करोड रुपैयाँ कमिसनको खेल गरेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा खतिवडाले निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्रीले कमिसनका लागि जहाज किनेर झन् धरासायी बनाउन खोजेको आरोप लगाएका हुन् ।

‘अब नेपाल एयरलाइन्सलाई कहाँ पु¥याउने हो ? कुन अवस्थामा पु¥याउने हो ? यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ’ खतिवडाले भने, ‘नेपालवायु सेवा निगमले गठन गरेको समितिले नै अहिले जहाज किन्न नसक्ने नसकिने भनिसकेपछि पनि मन्त्रीको जोडबलमा ‘थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ । जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा मन्त्री किराँती लागेको सूचना प्राप्त भएका छन् ।’

नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको अबस्थामा फेरि जहाज किनेर निगमलाई डुबाउनै खोजेको उनको आरोप छ । संसदमा खतिवडाले बोलेको विषयलाई प्रमाणित गर्न मन्त्री किराँतीले चुनौती दिए । मन्त्री किराँतीले क्लिकमान्डुसँग भने ‘संसदबाट लगाएका आरोप प्रमाणित गरेर देखाउन त्यत्तिको माननीयलाई चुनौती दिन्छु ।’

नेपालको प्रचलित नियम कानून अनुसार दुर्गम क्षेत्र उडान गर्ने साना जहाज खरिद प्रक्रियाको अन्तिम चरणमा पुगेका छन्’ उनले भने, ‘कुनै पनि प्राविधिक अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने न्यारोबडी जहाज भाडामा ल्याउने विषय पनि अगाडि बढेको छ । संसदमा उठेको प्रसंग बिना आधार आएको छ । जसले त्यो विषय उठाएको छ उहाँले भनेकै प्रसंग नमिलेको देख्दा आधार विहिन भन्ने देखियो । एकातिर जहाज किनेर निगम डुबाउने भयो भनेको छ भने अर्कोतिर विश्व बजारमा नभएको थ्री हण्डे«ेड जहाज किन्न लागेको भनिएको छ । नभएको जहाज कसरी किन्ने रहेछ । अर्को कुरा जहाज खरिदमा १८ करोड कमिसन खाने र भ्रष्टाचार हुने सूचना पाएको भन्ने आरोप लगाइएको छ ।’

खतिवडाले बैंकको लकरमा गोली लुकाउने र विवादास्पद छवि भएका डा. ल्यारक्याल लामालाई लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै मन्त्री किराँतीको आलोचना गरेका थिए ।

मन्त्री किराँतीले आइतबार क्लिकमान्डूसँग विशेष कुराकानी गर्दै सांसद खतिवडामाथि घडी चोरीको आरोप लगाए । ‘बहादुर मान्छेले बैंकको लकरभित्र गोली लुकाउँछन’ उनले भने, ‘कायर र लाछीले घडी लुकाउँछ । घडी लुकाउने मान्छे आज बोलेछन्, ति प्रति मलाई दया जागेको छ ।’ लामाले लकरमा गोली लुकाएको विषय अदालतले प्रमाणित नगरेको उनको जिकिर छ ।

२०७३ साल पुस महिनामा खतिवडामाथि र्‍याडिसन होटलको जिम क्लबमा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको रोलेक्स घडी चोरेको आरोप लागेको थियो ।

माओवादीको कोटाबाट समानुपातिक सांसद बनेका लामा २०७२ फागुन अन्तिममा १४ थान गोलीसहित पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच गर्दा दरबारमार्गमा रहेको तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंकको शाखामा रहेको लकरमा लामाले १४ थान गोली लुकाएको भेटिएको थियो ।

बैंकको सुनचाँदी राख्ने लकरमा लामाले १४ थान गोली लुकाएको भेटिएपछि अख्तियारले नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरीमा बुझाएको थियो । यद्यपी उनलाई अदालतले सफाइ दिएको छ ।

मन्त्री किराँती र सांसद खतिवडा सत्ता साझेदार गठबन्धनका नेता समेत हुन् । खतिवडा काँग्रेस र किराँती माओवादी हुन् ।

https://www.facebook.com/clickmandu/videos/413177194521246

Publish on: