![](https://internal.appharu.com/wp-content/uploads/2023/11/mewa-hydropower.png)
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जलविद्युत कम्पनीको नाफामा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीमध्ये ८७ कम्पनीले पुस मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेका छन् । जसमा ३८ वटा कम्पनी नोक्सानमा रहेका छन् भने २३ वटा कम्पनीको नाफा बढेको छ । बाँकी २६ वटा कम्पनको नाफा घटेको छ ।
यी कम्पनीले नाफा कमाउन सकेका छैनन् । पुस मसान्तसम्म जलविद्युत कम्पनीको नाफा ३१.९१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा जलविद्युत कम्पनीको नाफा १ अर्ब ९३ करोड १६ लाख १७ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा कम्पनीहरुको नाफा ३१.९१ प्रतिशतले घटेर १ अर्ब ३१ करोड ५१ लाख ६ हजार रुपैयाँ रहेको छ ।
नाफा कमाउने जलविद्युत कम्पनीमा साहस उर्जा, सानिमा माई हाइड्रो, ग्रिन भेन्चर, मान्डु हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, अप्पर सोलु हाइड्रो, सगरमाथा जलविद्युत, कालिका पावर, सिकलेश हाइड्रो, युनिभर्सल पावर, पन्चकन्या माई, भगवती हाइड्रो, ङादी ग्रुप पावर, नेपाल हाइड्रो डेभलोपर, दोर्दी खोला जलविद्युत, युनाइटेड मोदी, मिड सोलु, कमर जितुमाया सुरी, इस्टर्न हाइड्रोपावर, कुथेली बुखरी स्मल, नेशनल, राधी विद्युत, तेह्रथुम, पिपुल्स, थ्रिस्टार, मनकामना इन्जिनियरिङ, माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले नाफा कमाएका छन् ।
वित्तीय अवस्था सार्वजनिक गरेका कम्पनीमा केही कम्पनीको प्रति सेयर आम्दानी ऋणात्मक रहेका छन् । केही कम्पनीको नेटवर्थ १०० भन्दा कम रहेका छन् ।
कम्पनीहरुको विवरण अनुसार प्रतिसेयर आम्दानी ऋणात्मक हुनेमा ३६ वटा कम्पनी रहेका छन् भने नेटवर्थ सय रुपैयाँ भन्दा कम हुनेमा ५० वटा कम्पनी रहेका छन् ।
पुँजी बजारमा नयाँ नयाँ जलविद्युत कम्पनी सूचीकृत हुने क्रम बढ्दो छ । प्रति सेयर आम्दानी ऋणात्मक हुने कम्पनीमा पुराना भन्दा नयाँ बढी रहेका छन् ।
१६ वटा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ भन्दा कम ऋणात्मक रहेको छ । नेटवर्थ १०० रुपैयाँभन्दा कम हुने कम्पनीमा केही पुराना कम्पनी समेत रहेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/hydro-final-1.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/hydro-final-2.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/hydro-fina-3.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/hydro-final-3.png)
SHARE YOUR THOUGHTS