![](https://internal.appharu.com/wp-content/uploads/2024/03/cabinet-karnali.jpg)
काठमाडौं । कर्णाली प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् । कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
कांग्रेसका प्रदेश मन्त्रीहरुले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । कर्णाली सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री थिए । कांग्रेसबाट १० महिनाअघि मन्त्रि बनेका थिए ।
SHARE YOUR THOUGHTS