![](https://internal.appharu.com/wp-content/uploads/2020/12/prachanda_madhav.jpg)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने/नहुने निर्णयका लागि प्रधानमन्त्री छलफल गर्ने भएको छ ।
त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको वार्ता टोली गठन भएको छ ।
एकीकृत समाजवादीले सरकारमा सहभागी हुन गठबन्धनले गरेको प्रस्तावलाई सकारात्मक रुपले लिएको जनाएको छ ।
बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णय लगत्तै अध्यक्ष नेपालसहितको वार्ता टोली बालुवाटार गएका छन् ।
‘आर्थिक वृद्धि, राष्ट्रहित, भ्रष्टचार नियन्त्रण, महंगी नियन्त्रण र सन्तुलित परराष्ट्र सम्बन्धका एकपटक छलफल गरेरमात्रै सरकारमा जाने नजाने निर्णय गर्ने’, बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।
SHARE YOUR THOUGHTS