![](https://internal.appharu.com/wp-content/uploads/2024/03/Pink-Debit-Card-768x495.jpeg)
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
महिला वर्गलाई लक्षित यस कार्ड मार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१०% महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्ने जनाएको छ । यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अहं भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।
यस कार्डको बारे विस्तृत जानकारीका लागि बैंकको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित कुनै पनि माध्यमहरुबाट सम्पर्क गरी प्राप्त गर्न सकिने छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुऱ्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४ सै घण्टा गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS