मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँसम्मले घट्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँसम्मले घटाएको छ । आयल निगमले भारतबाट घटेर आएकोले नेपालमा पनि पेट्रोल र डिजेलको मूल्य मूल्य घटाएको छ ।

भारतबाट पेट्रोलमा १ रुपैयाँ २२ पैसा डिजेलमा २ रुपैयाँ ६ पैसा घटेर आएकोले निगमले आज राती १ बजे (३ चैत)को बिहानबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टितेलका मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ ।

घटेको मूल्य अनुसार अब एक लिटर पेट्रोलको मूल्य काठमाडौंमा १७१ रुपैयाँ र डिजेलको मूल्य १५८ रुपैयाँ भएको छ । अन्य पेट्रोलियम पदार्थको भाउभने यथावत छ