![](https://internal.appharu.com/wp-content/uploads/2023/12/gyanendra-karki.png)
काठमाडौ । पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अर्थमन्त्री वर्षमान पुनले पहिला मन्त्री बन्दा बजेट ल्याउन नसकेको र अहिले सबैले महशुस गर्ने खालको बजेट ल्याउने अपेक्षा रहेको बताएका छन् ।
बिहीबार अर्थ समितिको बैठकमा कार्कीले योजना पहुचको आधारमा नभएर आवश्यकताका आधारमा ल्याउन पुनलाई सुझाव दिए । प्रविधिमा लगानी बढाउन र त्यहीँ अनुसार नीति बनाउन उनले सुझाव दिए ।
योजना रातो किताबमा पर्ने तर कार्यान्वयन नहुने गरेको उनले गुनासो गरे । अब रातो किताबमा परेका सबै योजना कार्यान्वयन गर्न मन्त्री पुनसँग उनको आग्रह थियो ।
प्रतिफल दिने क्षेत्रमा मात्रै लगानी गर्न उनले सरकारलाई आग्रह गरे । नेपालमा पुँजीगत खर्चभन्दा सामाजिक सुरक्षा खर्च बढी हुने गरेको उनले बताए । भन्सारमा सेटिङमा काम हुँदा राजस्व लक्ष्यअनुसार नउठेको उनले बताए ।
SHARE YOUR THOUGHTS