अर्थ मन्त्रालयले माग्यो बजेटका लागि सुझाव « Eglish Khabarhub

अर्थ मन्त्रालयले माग्यो बजेटका लागि सुझाव



काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइरहेको भन्दै सम्बन्धित सबै सरोकारवालासँग सुझाव माग गरेको जनाएको छ ।

आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने बिषयहरुका सम्बन्धमा आफ्ना सुझाव २०८१ वैशाख मसान्तभित्र मन्त्रालयमा उपलब्ध गराउन विभिन्न संघ, संस्था, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकमी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा हार्दिक अनुरोध गरेको छ ।

Publish on: