![](https://internal.appharu.com/wp-content/uploads/2021/02/sarbottam.png)
काठमाडौं । बुक बिल्डिङबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टले १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति वैठकले चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
लाभांश पारितको प्रस्तावसहित कम्पनीले २०८१ वैशाख १२ गते साधारणसभा बोलाएको छ । सभा होटल भिलासा, भैरहवामा बस्नेछ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/sarbottam-Amg-scaled.jpg)
SHARE YOUR THOUGHTS