![](https://internal.appharu.com/wp-content/uploads/2023/11/sanima-bank-768x403.png)
काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘नव बर्ष उत्सव’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् ५०० रुपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् ७५० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने बैंकले जनाएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने छन् ।
यो योजना चैत २२ देखि वैशाख ६ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
SHARE YOUR THOUGHTS