![](https://internal.appharu.com/wp-content/uploads/2024/01/mahaprasad-adhikari-768x403.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सिएले मुलुकको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताएका छन् ।
चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान) को आयोजनामा लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
सिए समेत रहेका अधिकारीले मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएकोले सम्मेलनले यसलाई थप उजागर गर्ने बताए ।
उनले आइएमएफले यसबर्ष नेपालले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रतिवेदन सार्वजनिक गरेको जानकारी गराए । ‘मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ, उनले भने ‘अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेशा अगाडि बढिरहेको अवस्था छ ।’
उनले आइक्यानसँगको सहकार्यमार्फत नेपाल राष्ट्र बैंकले राम्रो लाभ लिइरहेको पनि बताए । हालै प्रचलनमा आएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको पनि उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS