काठमाडौं । प्रभु बैंकबाट तीन जना सञ्चालक बाहिरिएका छन् । यस्तै दुई जना सञ्चालक भने थपिएका छन् ।
वैशाख ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तीन जना संस्थापक सेयरधनी र एक जना स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत गरेको छ ।
बैंकमा संस्थापक सेयरधनीको तर्फबाट रमेश सिंह कार्की, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा गीता प्रधानले राजीनामा दिएका छन् । उनीहरुले दिएको राजीनामा स्वीकृत भएको छ ।
यस्तै संस्थापक सेयरधनीमा अंगिर मा सिंह र तारा मानन्धरलाई नियुक्त गरेको छ । स्वतन्त्र सञ्चालक भने खाली रहेको छ ।
SHARE YOUR THOUGHTS