एमालेले आयोजना गर्‍यो नेकपा हिरक महोत्सव: देउवादेखि झलनाथसम्म सहभागी, माधव नेपाल गएनन् « Eglish Khabarhub

एमालेले आयोजना गर्‍यो नेकपा हिरक महोत्सव: देउवादेखि झलनाथसम्म सहभागी, माधव नेपाल गएनन्



काठमाडौं । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

सोमबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित सो समारोहमा विशेष वक्ताको रुपमा प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।

समारोहमा एमालेले ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्या भण्डारी सम्मान गर्नेछ । समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सिपी मैनालीलगातका विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, सांसदहरु सहभागी भएका छन् । तर नेकपा एसका अध्यक्ष माधव नेपाल भने सहभागी भएका छैनन् ।

त्यसैगरी उद्योगी, व्यवसायी, कुटनीतिक, लेखक, पत्रकारलगायत एमालेका नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ।

समारोहमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार परेको वृत्तचित्र सार्वजनिक गरे । एमालेले पार्टीको मिसन–२०८४ लाई सफल बनाउने गरी सो समारोहमार्फत पार्टीको भावी कार्ययोजना पनि सार्वजनिक गर्ने जनाएको छ ।

Publish on: