![](https://internal.appharu.com/wp-content/uploads/2024/04/expoo.jpeg)
काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटनका लागि सबै तयारी पूरा भएको छ ।
भोलि (बिहीवार) राष्ट्रपति रामचन्द्र पौडेलयूबाट एक्स्पोको औपचारिक उद्घाटन हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण वैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ ।
एक्स्पोमा एक दर्जन देशका ऊर्जा सम्बन्धी १०० भन्दा बढी स्टलहरु रहेका छन् । त्यस्तै विभिन्न ७ वटा प्राविधिक सत्रहरुमा पनि छलफल हुँदै छन् ।
SHARE YOUR THOUGHTS