
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ ।
कारोबारमा निकै उतार चढाब आएपनि अन्तिम समयमा सामान्य गिरावट मात्रै देखियो । बजार मापन गर्ने सूचक ३।२४ अंकले घटेर परिसूचक १९६५।९३ बिन्दु कायम भएको छ । अन्तिम ३ मिनेटमा बजार ४ अंकले बढाएपनि समग्र बजार भने बढ्न सकेन ।
३०३ कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा वित्त, जिवन बिमा, निर्जीवन बिमा र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
यो दिन ८८ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १४९ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

SHARE YOUR THOUGHTS