
काठमाडौं । राष्ट्रिय बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.शिवहरि श्रेष्ठ नियुक्त भएका छन् ।
आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको जनाइएको छ ।
उनी तत्कालीन बीमा संस्थानको पूर्व सीईओ हुन् । कम्पनीको सीईओका लागि सुरेन्द्र थापा, सुवास कोइराला, नारायणकुमार भट्टराई र डा शिवहरि श्रेष्ठको नाम सर्टलिस्टमा परेको थियो । जसबाट श्रेष्ठ सीईओमा नियुक्त भएका हुन् ।

SHARE YOUR THOUGHTS