काठमाडौं । एक्सपर्ट ग्रुप र रारा होल्डिंगस् मिलेर मुगुको रारामा होटल निर्माण गर्ने भएका छन् । ८० रोपनी जमिनमा बन्ने उक्त होटलको लागत १ अर्ब १० करोड रुपैयाँ लागत रहने छ ।
रारा होल्डिंगसले एनआरएनसँगको संयुक्त लगानीमा हाेटल निर्माण गर्ने भएका हुन् ।
लगानी सम्मेलनमा सोमबार बिहान साढे ११ बजे अस्टे्रलियन एक्सपर्ट ग्रुपसँगमिलेर रारा होल्डिंगस् ले लगानीसम्बन्धी सम्झौता गर्ने कार्यक्रम छ । अष्ट्रेलियामा कार्यरत एनआरएनहरुले खोलेको एक्सपर्ट ग्रुपसँग मुगुको मार्माटपमा होटेल खोल्ने सम्झौता गर्न लागेको लगानी बोर्डका एक उच्च अधिकारीले जानकारी दिए ।
‘यो लगानी सम्मेलनमा निजी क्षेत्रका केही परियोजनामध्ये मुगुमा बन्ने होटलमा लगानीसम्बन्धी सम्झौता हुने कार्यक्रम छ,’ ती अधिकारीले भने ।
रारा नेपालको मूख्य पर्यटकीय गन्तब्यमध्येको एक उतृकष्ट ठाउँ हो ।
*सच्याइएकाे – सम्पादक
SHARE YOUR THOUGHTS