काठमाडौं । रामेछापबाट लुक्ला जाने तयारीमा रहेको सिता एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्किएको छ ।
सिता एयरको ९०६ उडान नम्बरको जहाज फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले सोमबार विमानमा समस्या देखिएपछि पुन: काठमाडौं फर्काएर आकस्मिक अवतरण भएको जानकारी दिए ।
हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुने उनले बताए । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्याइएको थियो ।
SHARE YOUR THOUGHTS