![](https://internal.appharu.com/wp-content/uploads/2024/05/remit-demat1-768x768.jpg)
काठमाडौं । सन सेक्युरिटिजले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर रहेका नेपाली श्रमिकहरुका लागि रेमिट डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ ।
यो खाताको माध्यमबाट बिदेशमा बस्ने नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने, आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यका लागी सहजीकरण गर्र्ने कम्पनीको विश्वास रहेको जनाएको छ ।
यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीहरुले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ ।
सेक्युरिटिजका कर्मचारीहरुसमक्ष भिडियोमा उपस्थित भई भिडियो केवाइसि भेरिफाई गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनहरुको पालना गरी भिडियो केवाइसि भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।
SHARE YOUR THOUGHTS