समझदारी भएको १ वर्षपछि भारतले भन्यो- फुकोट कर्णालीको बिजुली नेपाललाई नि:शुल्क दिन सकिँदैन « Eglish Khabarhub

समझदारी भएको १ वर्षपछि भारतले भन्यो- फुकोट कर्णालीको बिजुली नेपाललाई नि:शुल्क दिन सकिँदैन


२६ बैशाख २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । समझदारी भएको करिब एक वर्षपछि भारतीय कम्पनी एनएचपीसी लिमिटेडले नेपाललाई नि:शुल्क बिजुली दिन नसकिने भन्दै बखेडा झिकेको छ ।

कुल उत्पादित ऊर्जामध्ये २१.९ प्रतिशत नेपाललाई नि:शुल्क दिँदा आफूहरुले आयोजना नै बनाउन नसक्ने भन्दै भारतीय कम्पनी एनएचपीसी लिमिटेडले बताएको हो ।

विद्युत उत्पादन कम्पनी लिमिटेड र एनएचपीसीबीच आयोजना विकासका लागि जेठ १७ (मे ३१) मा समझदारी भएको थियो ।भारतीय कम्पनीले समझदारी गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा द्विपक्षीय छलफल भएको थियो । द्विपक्षीय सहमतिपछि मात्रै समझदारी भएको हो । समझदारीमा २१.९ प्रतिशत बिजुली नेपालले नि:शुल्क पाउने उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा समझदारीभएको थियो।

‘समझदारी गरेको एक वर्षपछि कम्पनीले नि:शुल्क बिजुली दिन नसकिने बताएको छ । हामी समझदारी अन्त्य गर्न तयार छौं तर नि:शुल्क बिजुली दिने बुँदा हटाउन सक्दैनौं,’ विद्युत उत्पादन कम्पनी लिमिटेडका एक इन्जिनियरले भने, ‘भारतको विशुद्ध यो बार्गेनिङ हो । यो विषयमा मन्त्रालय पनि जानकार छ ।’

प्रस्तावित फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणस्थल

उनले भारतीय कम्पनीहरु काम गर्नेभन्दा पनि आयोजना लिएर होल्ड गर्ने योजनामा रहेको आरोप लगाए । ‘हाम्रो आयोजना पनि अप्पर कर्णालीजस्तै होला भन्ने डर भयो । १० वर्ष होल्ड गरेको भारतीय कम्पनीले कामै सुरू गर्न सकेको छैन,’ उनले भने, ‘जिएमआरले नसकेर नबनाएको हो र ?, भारतमा ठूला ठूला आयोजना पूरा गरेको छ । यहाँ लिएको आयोजना गरेको छैन । यसलाई कसरी बुझ्ने ?’

द्विपक्षीय समझदारीअनुसार ३ महिनामा इन्स्पेक्सन रिपोर्ट बुझाउनुपर्ने थियो । एनएचपीसीले १० महिना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समीक्षा गरेर जोइन्ट भेन्चर (जेभी) कम्पनीका लागि छलफल थाल्ने तालिका बनाएको थियो । समझदारी भएको १२ महिनामा लगानी स्वीकृत गरिसक्नुपर्ने प्रावधान राखिएको छ । 

कर्णाली नदी

१४ महिनाभित्र विद्युत उत्पादन कम्पनी लिमिटेड र एनएचपीसी लिमिटेडबीच स‌‌‍‌युक्त कम्पनी बनाउने उल्लेख छ । कम्पनीमा विद्युत उत्पादन कम्पनीको ४९ प्रतिशत र एनएचपीसी लिमिटेडको ५१ प्रतिशत सेयर स्वामित्व हुनेछ । कम्पनी स्थापना गरेर १६ महिनाभित्र निर्माण थाल्ने उल्लेख छ।

‘समझदारीमा भएको समय तालिका अनुसार काम गरेको छैन ।अहिलेसम्म धेरै काम भइसक्नुपर्ने हो,’ ती इन्जिनियरले भने, ‘समय तालिकाअनुसार काम गर्न नसकेपछि बार्गेनिङ थालेको हो ।’  कम्पनीले भारतमा धेरै ठूला क्षमताका आयोजनाहरु निर्माण गरेको भए पनि नेपालमा गर्न मानेको छैन ।

स्थानीयसँग छलफल गर्दै आयोजना प्रमुख हिरामान वाइबा

यो आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) रिपोर्ट तयार भइसकेको छ । आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भइसकेको छ । विद्युत उत्पादन कम्पनीले यो आयोजनामा १ अर्ब १५ करोड ४७ लाख खर्च गरेको छ ।

‘आयोजनाको काम सुरु गर्नका लागि कुनै समस्या नै छैन,’ कम्पनीका ती इन्जिनियरले भने- ‘आयोजना बनाउँछ भन्ने हामीलाई लागेको छैन । भारतलाई यो आयोजना दिन हाम्रो कुनै भुमिका छैन । राजनीतिक नेतृत्वले जिम्मा लगाएको हो ।’

प्रस्तावित फुकोट कर्णाली जलविद्युत् आयोजना कालीकोटको कर्णाली नदीमा पहिचान भएको आयोजना हो । जडित क्षमता ४८० मेगावाट रहेको यो आयोजना अर्ध-जलाशय प्रकृतिको हुनेछ । यो आयोजनाबाट वार्षिक सरदर २४४७.८८ गिगावाट आवर उत्पादन हुन सक्छ । आयोजना निर्माण थालेको ५ वर्षमा पूरा गर्ने लक्ष्य छ । आयोजना निर्माणका लागि ९३.२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

एनएचपीसी त्यहि कम्पनी हो, जसले ७५० मेगावाटको पश्चिम सेती, ४५० मेगावाटको सेती नदी-६ (एसआर-६) आयोजना हात पारेको छ । १०६१ मेगावाटको अप्पर अरुण जलविद्युत् आयोजना र १९०२ मेगावाटको मुगु कर्णालीसमेत हात पार्न लागिपरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार ००:००  १२ : ०२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping