![](https://internal.appharu.com/wp-content/uploads/2024/05/chandra-dhaka-sejon.jpg)
काठमाडौं । अर्थ सचिव मधु मरासिनीले निरासालाई आशामा बदल्न आर्थिक सुधारलाई जनतासँग जोड्न आवश्यक छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि-बजेट राउन्टेबल कार्यक्रममा बिहीबार सचिव मरासिनीले आगामी बजेटले उद्योगी व्यवसायीको आत्मबल बढ्ने दाबी गरे ।
अब प्रमाणमा आधारित नभइ नीतिगत सुधार हुन नसक्ने उनको भनाइ छ । आगामी बजेटले ग्रामिण क्षेत्र, कृषि क्षेत्रमा देखिने गरि काम हुने उनको दाबी छ ।
गाउँ गाउँमा पूर्वाधार पुगे पनि त्यसको सदुपयोग नभएको उनले बताए । जहाँ जेको सम्भावना छ त्यहाँ त्यसलाई प्राथमिकता दिने नीति बजेटले लिने उनको भनाइ छ ।
उनले नीति चलाउँदा निजी क्षेत्र त्रसित भएको जस्तो देखिएको उनले बताए । ‘कुनै बेला चालुँ पुँजी, कुनै समयमा अर्को खालको नीति आउँदा निजी क्षेत्रमा त्रास बढेको होकी, विश्वास कम भएको होकी भन्ने लाग्ने गरेको छ,’ उनले भने ।
अब बजेटले केही नेतृत्व गर्ने क्षेत्र सूचीकरण गर्न आवश्यक रहेको र त्यसलाई प्राथमिकता दिएर जाने उनले बताए । ८ वटा ऐनलाई सरकारले एकै पटक परिवर्तन गरेको स्मरण गर्दै चाहेको खण्डमा धेरै गर्न सकिने मरासिनीले बताए ।
SHARE YOUR THOUGHTS