मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण « Eglish Khabarhub

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण



काठमाडौं । मुक्तिनाथ विकास बैंकले धादिङका दुई विद्यालयलाई स्टेशनरी सामान वितरण गरेको छ ।

शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ ।

सोही क्रममा बैंकले धादिङ्ग स्थित बद्री विशाल मावि र स्वर्णिम एकाडेमीमा १८२ विधार्थीहरुलाई चाहिने स्टेशनरी सामानहरु (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि ) हस्तान्तरण गरेको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीज्यूहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुमा शिक्षा प्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।

Publish on: