![](https://internal.appharu.com/wp-content/uploads/2024/05/nada-pre-budger-program.png)
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले विद्युतीय सवारीसाधन (ईभी) मात्रै अटो उद्योग नभएको बताएका छन् ।
इकोनोमिक मिडिया एसोसिएन नेपाल (इमान) ले आयोजना गरेको प्रि-बजेट छलफल कार्यक्रममा उनले अटो उद्योग धराशायी हुने अवस्था पुगेको बताए।
‘ईभी मात्रै बिकीरहेको छ । अरु बिकेको छैन । ईभी मात्रै अटो उद्योग हो र ?,’ उनले भने, ‘अटो सेक्टरले ९० अर्ब रुपैयाँ योगदान गर्दै आएको थियो । ३० अर्ब रुपैयाँमा झरेको छ । हामी सम्भावना भएको क्षेत्र हो । हामीलाई काम गर्ने वातावरण बनाइदिनपर्यो ।’
उनले सरकारले अटो व्यवसायीको खुसीका लागि केही गरिरहन नपर्ने बताए ।
‘युवाहरु विदेशीरहेका छन् । यसलाई खेदेको भन्नेकी पलायन भन्ने ? गाडी बेच्न मान्छे खोज्न जान पर्ने अवस्था नआओस्,’ उनले भने, ‘ईभी बढिरहेको छ । डिजेल र पेट्रोल इन्जिनका गाडी बिक्री घटेका कारण ईभी बढीरहेको हो ।’
SHARE YOUR THOUGHTS